सुमेरुमा एक महिनाभित्र मृगौला ट्रान्सप्लान्ट गरिन्छ

डा. ललित कुमार यादव, मृगौला रोग तथा प्रत्यारोपण वरिष्ठ विशेषज्ञ, सुमेरु अस्पताल, धापाखेल

मृगौला कस्तो खाले अंग हो ? यसले के काम गर्छ ?

मृगौला मानव शरीरको लागि अतिआवश्यक अंगको रुपमा लिइन्छ  मृगौलाले हाम्रो शरीरमा भएको रगतलाई शुद्धिकरण गर्ने काम गर्नुको साथै धेरै फङ्सनहरु जस्तो रगत बनाउने, रगतमा भएको एसिडलाई व्यालेन्स गर्ने, क्याल्सियम, भिटामिन डी फस्फोरस जस्ता तत्वहरुको मेटाबोलिजमहरुमा यसले महत्वपूर्ण भूमिका खेल्ने गर्छ  मृगौलाको मुख्य काम भनेको रगत शुद्धिकरण गर्नु नै हो  हामीले दैनिक खानपिनदेखि लिएर हामीले गर्ने गतिविधिबाट निस्किएको फोहोर पदार्थहरु रगतमा आउने गर्छ त्यसलाई छानेर चाहिने पदार्थहरु शरीरमा राख्छ नचाहिने विषाक्त पदार्थ पिसावमार्फत शरीरबाट बाहिर फाल्ने काम गर्छ 

मृगौलालाई स्वस्थ राख्न के गर्नुपर्छ ?

मृगौलालाई स्वस्थ राख्न अहिलेको समयमा धेरै नै च्यालेन्जिङ   हामीले जुन लाइफस्टाइल अहिले एडप गरेका छौं त्यो नै मृगौलालाई स्वस्थ राख्नको लागि ठूलो बाधा हो पहिला हामीले घरमा दैनिक प्रयोग गर्ने पानी धाराबाट सिधै खाने गथ्र्यौं एक दुई घन्टामात्र बासी भयो भने त्यसलाई फालिदिन्थ्यौं  तर, अहिले त्यही पानी जारमा हप्तादेखि महिनौं दिनसम्म पनि राखेर पिउने गर्छौं   अर्को भनेको हामीले दैनिक ताजा अर्गानिक खानेकुराहरु खान्थ्र्यौं भने अहिले त्यही खानेकुराहरु हप्तौदिनसम्म प्याकेटमा राखेर खानुका साथै त्यसलाई स्वादिस्ट पार्नका लागि विभिन्न केमिकलहरु प्रयोग गरेर खाने गरेका छौं  अर्को भनेको सुगर, प्रेसर, मुटुको समस्या, पत्थरी, डाक्टरको सल्लाहबेगर जथाभावी औषधी प्रयोग गर्नु, पानी कम पिउनु, मानसिक तनाव आदि इत्यादिका कारण मृगौलालाई असर पार्ने गरेको हाम्रो शरीरको एक अंग अर्को अंगमाथि कुनै कुनै रुपमा आश्रित हुन्छन् एक अंग विग्रिएको अवस्थामा अर्को अंगलाई पनि असर गर्न जान्छ मृगौलालाई स्वस्थ राख्नको लागि सफा स्वस्थबद्धक खानेकुराहरु खानुपर्छ  खानेकुरा खाँदा ब्यालेन्समा खाने गर्नुपर्छ कार्वोहाइड्रेड, प्रोटिन, फ्याट मिनरल्स तथा भिटामिनको उपयुक्त मात्रा मिलाएर खानुपर्छ स्वस्थ पानी धेरै पिउने बानी बसाल्नुपर्छ  खास गरी गर्मीयाममा पानी धेरै खानुपर्ने हुन्छ धेरै मानसिक तनाव लिनु भएन, बेलाबेलामा मृगौला कस्तो अवस्थामा भनेर रगत, पिसाव जाँचका साथै पेटको अल्टा«साउण्ड गर्नुपर्छ  त्यस्तैसुगर, प्रेसर, युरिक ऐसिड, शरीरमा चिल्लोपन कत्तिको ती सबै जाँच गरिरहनुपर्ने हुन्छ  यो एउटा मृगौलालाई स्वस्थ राख्ने उपायहरु हुन् 

मृगौलामा समस्या भएको कसरी थाहा पाउने ?

मृगौलाको सबैभन्दा ठूलो बिडम्बना के हो भने पत्तै नभई मृगौला बिग्रिएर अन्तिम अवस्थामा पुगिसकेको हुन्छ  मृगौला बिग्रिएको चौथो या पाँचौ स्टेजमा पुगेपछि मात्र मानिसमा त्यसका लक्षणहरु देखा पर्न थाल्छन्  त्यसपछिको स्टेज भनेको डायलासिस वा प्रत्यारोपण नै हो  शरीर कम्जोर हुँदै जाने, वान्ता आउने, सास फेर्न गाह्रो हुने, थकाई लाग्ने, शरीर सुन्निने, पिसाव कम लाग्ने, चिटचिटाहट हुने, शरीर कालो हुँदै जाने यी लक्षणहरु मृगौला बिग्रिसकेपछिको लक्षण हो

मृगौला बिग्रने मुख्य कारण के होला ?

मृगौला बिग्रने मुख्य कारण भनेको अहिले विश्वव्यापी रुपमा हेर्ने हो भने सुगर, प्रेसर, मुटुको समस्या, पत्थरी, ग्लोमेरुलो नेफ्राइटिस, भास्कुलाइटिसपेनकिलरको सेवनले पनि मृगौला बिग्रन सक्ने धेरै सम्भावना रहन्छ  मृगौला आफ्नो स्वयम्को रोगले भन्दा पनि अन्य सिस्टमको रोगका कारणले गर्दा बढी खराप भएको पाइएको

कति प्रतिशत मृगौला बिग्रेको अवस्थामा सामान्य औषधी उपचार गर्दा ठिक हुन्छ ?

मृगौला खराब भएको प्रारम्भिक अवस्थामा थाहा पाइएमा उपचार गर्न सकिन्छ या उपचार गर्दा ठिक हुनसक्छ   कतिपय अवस्थामा ठिक नभए पनि कन्ट्रोल गरेर त्यही अवस्थामा राख्न सकिन्छ जस्तै सुगर कन्ट्रोल गरेर राखियो भने धेरै वर्षसम्म मृगौलालाई स्वस्थ राख्न सकिन्छ प्रेसर मुटुको समस्या पनि त्यस्तै हो  मृगौलामा पत्थरी भने बेलैमा उपचार गरियो भने मृगौला बिग्रनबाट बच्छ मृगौला बिग्रिएर अन्तिम अवस्थामा पुगेको भने त्यसलाई डायलासिस गरी रगत सुद्धिकरण गरेर धेरै वर्षसम्म ज्यान बचाउन सकिन्छ  मृगौला आकस्मिक रुपमा खराव भएको भने त्यसलाई एक्युट किड्नी इन्जुरी भनिन्छ  जसलाई समयमै उपचार गर्दा दिगो रुपमा ठिक पार्न  सकिन्छ  तर, समयमा उपचार गरिएन भने दिगो रुपमा मृगौला खराव हुनजान्छ पछि डायलासिस वा प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आउँछ

मृगौला पूर्णरुपमा बिग्रिएको अवस्थामा डायलासिसबाट ठिक पार्न सकिन्छ ?

सकिँदैन डायलासिस भनेको रगत शुद्धिकरण गर्ने प्रक्रिया मात्रै हो यसले जिवनयापन सहजरुपमा पारेर आयु लम्ब्याउने माध्यम मात्रै हो तर आकस्मिक एक्युट किड्नी इन्जुरी भएको अवस्थामा सर्पोटको लागि केही समय डायलासिस गर्नुपर्ने हुन्छ मृगौला ठिक भएपछि डायलासिसको आवश्यकता पर्दैन 

पूर्णरुपमा मृगौला बिग्रिसकेको अवस्थामा डायलासिस ठिक की प्रत्यारोपण गर्दा ठिक हुन्छ ?

मृगौला पूर्णरुपमा बिग्रिसकेको अवस्थामा दुईवटा पद्धती एउटा डायलासिस अर्को मृगौला प्रत्यारोपण  डायलासिसमा पनि दुईवटा पद्धती एउटा मेशिनमार्फत रगतलाई शुद्धिकरण (Hemodialysis)  गर्ने अर्को पेटमा पानी राख्ने निकाल्ने प्रक्रिया (CAPD) गर्ने गरिन्छ  पेटबाट गर्ने डायलासिस प्रक्रिया (CAPD) मेशिनबाट गर्ने डायलासिस (Hemodialysis) भन्दा फाइदाजनक   आर्थिक हिसावले हेर्ने हो भने पनि यो निकै कम खर्चमा गर्न सकिन्छ  किनकी नेपाल सरकारले CAPD को लागि पानी  निःशुल्करुपमा उपलब्ध गराइदिएको   तर, डायलासिस गर्नुभन्दा मृगौला दान गर्ने व्यक्ति पाइयो मृगौला रोगीको शारीरिक अवस्था ठिक भने प्रत्यारोपण गर्नु उपयुक्त हो मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले अन्य मानिसको जस्तो सामान्य जीवनयापन गर्न सक्छन्  विगतमा आफ्नो जीवनयापन कसरी गरिरहेको त्यसरी नै जीवनयापन गर्नसक्ने हुन्छन् 

नेपालमा डायलासिस सेवा सहजरुपमा उपलब्ध छैन भनिन्छ नि ?

डायलासिस नेपालमा सहजरुपमा उपलब्ध तर, मृगौला रोगीहरुको चाप एकदमै बढ्दै गएका छन् सरकारले पुरानै डाटा वर्षेनी तीन हजार रोगी बढेको डाटा अनुसार डायलासिस मेसिन उपलब्ध गराउँदै आएको   तर, सरकारले अनुमान गरेको डाटा भन्दा अहिले धेरै नै मृगौला रोगीहरु बढेका कारण डायलासिस समयमै गर्न नपाइरहेको पनि हुनसक्छ तर, पछिल्लो समय सरकारले देशका प्रायः ठाउँमा डायलासिस मेसिन राखेको   अब मृगौला रोगीहरुलाई डायलासिस सेवा पहिलाको भन्दो केही सहज भएको

तपाईं कार्यरत सुमेरु अस्पतालमा डायलासिसको अवस्था कस्तो ?

सुमेरु अस्पतालमा मृगौला रोगीहरुलाई अहिले १५ वटा मेशिनले डायलासिस सेवा दिँदै आइरहेका छौं  मृगौला रोगीहरुको चाप बढेका कारण हामीले जसरी हुन्छ उनीहरुलाई सहजरुपमा डायलासिस गर्ने वातावरण बनाएका छौ  तर, सुमेरु अस्पतालमा डायलासिस मात्र होइन हामीहरुले झण्डै एक दर्जन मृगौला रोगीको सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिसकेका छौं भने धेरै नै मृगौला रोगीहरु प्रत्यारोपणको लागि लाइनमा हुनुहुन्छ  (CAPD)  पनि हामी नियमितरुपमा गर्दै आएका छौं

सुमेरु अस्पतालमा सहजरुपमा मृगौला प्रत्यारोपण गर्न सकिन्छ ?

यस अस्पतालमा मृगौला प्रत्यारोपण गर्न एकदमै सहज   यस अस्पतालको वातावरण, प्रत्यारोपण गर्ने टिम एकदमै राम्रो, सक्षम अनुभवी छन्  सरकारी अस्पतालमा मृगौला प्रत्यारोपण गर्नुप¥यो भने ६महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने अवस्था   त्यो समयसम्म बिरामी कुरुवा, मृगौला दान गर्ने दाता उसलाई कुर्ने गरी चार जना हुन्छन्  बिरामीलाई चेकजाँच, खान बस्नु ¥यो  बिरामीलाई हरेक तीन महिनामा रिपिट चेकजाँच गर्नुपर्ने हुन्छ यसले गर्दा विरामीले सास्ती भोग्नुपर्ने छँदैछ आर्थिक हिसावले पनि धेरै नै खर्च लाग्ने हुन्छ  किनकी राजधानीभन्दा बाहिर जिल्लाबाट मृगौला प्रत्यारोपण गर्न आउने मृगौला दान दिने गरी चार जना महिनादेखि एक वर्षसम्म कोठा खोजेर बस्नुपर्ने हुन्छ  यसरी लामो समयसम्म बस्नुपर्दा हरेक हिसावले गाह्रो खर्च पनि बढी हुने गर्छ  तर, सुमेरु अस्पतालमा निम्नतम शुल्कमा कानुनी रुपमा कागजात ठिक कानुनी प्रक्रिया पूरा गरेको भने दुई हप्तादेखि एक महिनाभित्र सामान्य हिसावले प्रत्यारोपण गरिरहेका छौं 

मृगौला स्वस्थ राख्नको लागि कस्तो उपायहरु अप्नाउन सकिन्छ ?

मृगौला स्वस्थ राख्नको लागि प्रयाप्तरुपमा पानी पिउने बानी बसाल्नु ¥यो, साथै स्वस्थ खानेकुराहरु खाने, शारीरिक व्यायाम गर्ने, सुगर, प्रेसर आदि बेलाबेलामा चेकजाँच गरी व्यालेनसमा राख्नुप¥यो  बेलाबेलामा मृगौला विशेषज्ञ डाक्टरको सल्लाहअनुसार मृगौलाको चेकजाँच गराएको अवस्थामा पनि मृगौलालाई स्वस्थ राख्न सकिन्छ  चेकजाँचको क्रममा मृगौलामा सामान्य समस्या आएको भने पनि त्यसलाई औषधी सेवनबाट समयमै ठिक पार्न सकिन्छ 

मृगौलामा पत्थरी भएको अवस्थामा मृगौलालाई असर गर्छ कि गर्दैन ?

मृगौलामा पत्थरी भएको अवस्थामा मृगौलालाई असर गर्छ पत्थरी भएको जानकारी पाउनासाथ उपचार गरेको खण्डमा मृगौलालाई बिग्रनबाट बचाउन सकिन्छ  

मृगौला बचाउनको लागि सर्वसाधारणलाई के सल्लाह दिनुहुन्छ ?

मृगौला बचाउनका लागि के सल्लाह दिन्छु भने वर्षेनी स्कुलमा मृगौला रोगसम्बन्धी स्क्रेनिङ प्रोग्रामहरु गर्नुपर्ने हुन्छ मृगौला बिग्रिनुको मुख्य कारण भनेको पिसावबाट प्रोटिन जानु हो  स्कुलका बच्चाहरुको पिसाव चेकजाँच ¥यो भने त्यहीबाट थाहा हुन्छ पिसावबाट प्रोटिन गएको  त्यही अनुसार उपचार विधिहरु अप्नाउन सकिन्छ  हरेक ग्रामीण भेगमा रहेका हेल्थपोस्टहरुमा सुगर, प्रेसरको चेकजाँच गर्ने वातावरण बनाइदिएको अवस्थामा पनि मानिसहरुले सजगता अप्नाई सुगर प्रेसर कन्ट्रोल गरेको अवस्थामा मृगौलालाई बचाउन सकिन्छ 

नेपालमाब्रेन देथभएकाहरुको मृगौलालगायत अन्य अंंग दान गर्न कानुनी मान्यता दिएको कि छैन ?

नेपालमा पछिल्लो समय के गरेको भनेब्रेन देथभएकाहरुको मुटुको चाल ठिक , मृगौला ठिक अवस्थामा , कलेजो, स्क्रिन, आँखा, फोक्सो ठिक अवस्थामा भने उसको परिवारले ती अंगहरु दान गर्न अनुमति दिएको अवस्थामा त्यस्ता अंगहरु काम लाग्ने हुन्छ अन्य विरामीलाई दिन सकिन्छ  नेपालमाब्रेन डेथभएकाको मृगौला झिकेर झण्डै आधा दर्जनको सफल प्रत्यारोपण भइसकेको भने कलेजोको पनि प्रत्यारोपण गरिसकिएको   यसतर्फ नेपाल सरकारले राम्रै लगानी गरेर विभिन्न कमिटीहरु पनि गठन गरिसकेको अवस्था   तिब्र गतिमा कमिटीका पदाधिकारीहरु पनि लागिपरिरहेका छन् हामीलाई पनि ब्रेन डेथ भएकाहरुको अंग झिकेर प्रत्यारोपण गर्ने अधिकारसमेत दिइसकेको  


तपाइको प्रतिक्रिया दिनुहोस्