लक्ष्मी बैंकको कम्पाउण्डमा राजा बिरेन्द्रको गाडी, दरबार हत्याकाण्डको रहस्य खुल्ने संकेत

काठमाडौं । काठमाडौं महानगरपालिकाद्वारा बेसमेन्ट खाली गराउने र टुकुचा खोला खोज्ने क्रममा गत सोमबार हातिसारको लक्ष्मी बैंकको भवनमा दुईवटा गाडी भेटियो । विगतमा राजदरबारले मात्र प्रयोग गर्ने मर्सिडिज गाडी काठमाडौं हात्तिसारमा रहेको लक्ष्मी बैंकको बेसमेन्टमा भेटिएपछि घटनास्थलमा उपस्थित सबै आश्चर्यमा परेका थिए ।

लक्ष्मी बैंकको बेसमेन्टमा लामो समयदेखि लुकाएर राखिएको उक्त गाडी बेसमेन्ट खाली गर्ने क्रममा भेटिएपछि एककान दुइकान मैदान हुँदै फैलिएपछि सोमबार नै सो गाडीलाई त्यहाँबाट निकालेर अन्यत्रै लगिनुले शंका उब्जाएको छ ।

नेपालमा राजाले मात्रै चढ्ने गाडी बेसमेन्टबाट निकालिएपछि केही व्यक्तिहरुले र महानगर प्रहरीले त्यसलाई चासोका रुपमा लिए । धुलोमैलो भएको, टायरमा हावा नभएको र सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको सो गाडीलाई तत्काल त्यहाँबाट हटाइएको थियो ।

सो गाडी राजदरबार हत्याकाण्डमा प्रयोग भएको हुनसक्ने भन्दै त्यहाँ उपस्थित स्थानीयले शंका गर्दै एकएर्कामा कुराकानी गरिरहेको देखिन्थ्यो । स्थानीयका अनुसार कतै टुकुचाको अन्डरग्राउण्डलाई प्रयोग गरी दरबारहत्या काण्ड गराएको हुनसक्ने आशंका पनि त्यतिबेला स्थानीयले गर्दै आइरहेका थिए । 


त्यो गाडी राजा महाराजाले चढ्ने गाडी हो । त्यस्तो गाडीमा कसरी सरकारी नम्बर प्लेट राखियो, अर्को कुरा राजाले चढ्ने गाडीमा नम्बर प्लेट नै हुँदैन, नम्बर प्लेटको ठाउँमा श्रीपेच राखिएको हुन्छ । अहिले पनि राष्ट्रपतिले चढ्ने गाडीमा नेपाल सरकारको लालिगुँराशद्वारा रंगिन बनाइएको लोगो राखिएको हुन्छ । 

जानकारहरुका अनुसार सो गाडी स्वर्गीय राजा बिरेन्द्र विर विक्रम शाहले प्रयोग गर्दै आइरहेका थिए । दरबार हत्याकाण्डपछि एकाएक हराएको सो गाडी कसरी लक्ष्मी बैंकको कम्पाउण्डमा भेटियो ? भन्ने जानकारहरु नै आश्चर्यमा परेका छन् ।


सो गाडीमा बा १ झ ६९० सरकारी नम्बर प्लेट राखिएको पाइएको थियो । सो नम्बर प्लेट प्रयोग भएको गाडी कुन संस्थाको थियो अहिलेसम्म सार्वजनिक गराइएको छैन । त्यो नम्बरप्लेटसहित संचारकर्मीहरुले गाडीको तस्बिर कैद गर्न खोज्दा गार्डले नम्बरप्लेट नै कुच्याई दिएका थिए । यसरी नम्बरप्लेट कच्याककुचुक पारी नबुझ्ने बनाउन कसले दियो गार्डलाई आदेश ? यसैबाट पनि लक्ष्मी बैंकका अध्यक्ष तथा उद्योगपति राजेन्द्र खेतानप्रति पनि दरबार हत्याकाण्डमा कतै हात त छैन भन्ने शंका उब्जिएको छ । लक्ष्मी बैंकको बेसमेन्टमा कसैले देख्न नसक्ने गरी घेरेर राखिएको सो गाडी एकाएक चर्चाको विषय बनेपछि तत्काल सो गाडीलाई अत्यन्त्रै लानुले पनि खेतानप्रति शंका गर्नु स्वभाविक भएको उपस्थित स्थानीयले बताएका थिए । यस गाडीको विषयमा दरबार र दरबारभित्रका जानकारहरुले पनि चासोको रुपमा लिएको बुझिन आएको छ । 



तपाइको प्रतिक्रिया दिनुहोस्