२०४६ सालपछिका शासकले हिरा जस्तो देशलाई सुनको थालि लिएर बिदेशीसँग भिख माग्ने मगन्ते बनाए

2.4k Shares

नेपालको सम्बृधि र बिकास भनेको श्री ५ महाराजा धिराज महेन्द्र बिरबिक्रम शाहदेको पालामा देखियो पढियो र सुनियो । अब यो देशको बिकास र सम्बृद्धि चाहने हो भने विश्वको भू—बनोटभन्दा हाम्रो देश विश्वकै नमुना लायक र सारै राम्रो हावापानी प्रकृतिले दिएको देश हो । यो देशमा हिमाल, पाहाड, खनिज, जडिबुटि, सनातन वैदिक धर्म, तपोभूमी, ऋषिमुनिहरुले लेखेका धार्मिक ग्रन्थहरु वेद, रामायण आदि धेरै धार्मिक, ग्रन्थहरु, आयुर्वेदिक ग्रन्थहरु, आयुर्वेदिक औंषधिहरु, बिभिन्न जातजातिको आफ्नै परम्परा जन्मदेखि मृत्युसम्मको अजिवको परम्पराहरु छन् ।
चार जात छत्तीस वर्णको फुलबारीमा १०८ भन्दा बढि जातका मानबहरुको मेलमिलाप गरेर आ—आफ्नो संस्कृति अनुसारको बिधि बिधान अनुसार परम्परालाई मुर्त रुप दिएर मनाउँदै आएकोमा छिमेकी मुलुकका अन्य जातको मानिसहरु पनि उनिहरुको कल्चरमा सामेल हुन्छन् र रमाइलो लिन्छन् ।
यसरी मिलेर चाड पर्व मनाएर विश्वलाई चकित बनाएको देश हो नेपाल । हाम्रो पूर्वजले बनाएका मठ मन्दिर होस् या २२ सय वा २४ सय राज्य जित्दा बनाएका किल्ला वा अमर सिंह थापा, माथबर सिंह थापा, भिमसेन थापा र राणाहरु आदि बिभिन्न व्यक्तित्वहरुले बनाएका मठमन्दिर दरवार, कोतपर्व, भन्डारखालपर्व, दरवार हत्याकाण्ड, भएको ठाउँहरु र राणाहरुले  बनाएका नेपाल भरिका विभिन्न ठाउँका दरबारहरुलाई  म्यूजियम बनाउने  हो भने आन्तरिक र वाह्य  पर्यटनको घुइँचो लाग्नुका साथै पर्यटन क्षेत्रको बिकास पनि हुन्छ ।
नेपाल भन्ने बितिकै सनातन बैदिक देव तथा बुद्व भूमि, किराँत भूमि, सीता जन्मेको भूमि, विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा भएको देश । हिमाल, पहाड, तराइसम्मको समथल जमिन चिसोदेखि तातोसम्मको हावापानी भएको देश । यो देशमा विश्वमा नपाउने बहुमूल्य सन्जीवनी बुटी, उत्कृष्ट अलकलाइन वाटर, अक्वामरीण, रुबी, रत्नजस्ता बहुमुल्य चिजहरु पाइन्छ । अत्याधुनिक प्रविधिमा आधारित वस्तु वनाउने क्यालसाइट, काइनाइट, यूरिनियम (रेयर) अर्थ म्याटेरियलहरु पनि यही देशमा पाइन्छ । विश्वका महँगा सामानहरु भएपनि हाम्रो हाइअल्टीच्चूडमा पाउने भएकोले गर्दा अन्य मुलुकको भन्दा हाम्रो मुलुकको सामानहरु एकदमै क्वालीटिको हुने भएकोले धेरै महँगोमा बेच्न सकिन्छ ।
हामी विश्वको सबैभन्दा धनि देश भए पनि हाम्रा नेता गणहरुको सोचाइको दरिद्रताले गर्दा हामी सुनको थाल लिएर भिख मागी रहेका छौं ।
लिच्छवि कालिन समयलाई स्वर्ण यूग भनिन्छ । नेपाल सरकारको पालामा त्यतिबेला खाद्यन्नमा आात्म निर्भर भएर त्यति बेला नेपाल सरकारले तत्कालीन कोरिया, क्यानडाको सरकारलाई खाद्यान्न सहयोग गर्दथे । त्यस वाहेक अन्य बिदेशीहरुलाई पनि खाद्यान्न निर्यात गर्दथे । तर विसं. २०४६ साल पछि बिदेशी शक्तिको आडमा उदाएका दलाल नेताहरुले बिकास र सम्बृद्धि हुन लागेको देखेर यहाँका बिकासका पुर्वाधार र उद्योग कल कारखानाहरु सबै बिदेशीलाई बेचे । जापान सरकारले उपहार दिएको साझा बस समेत बेचेर खाए भने चाइना सरकारले दिएको इलेक्ट्रीक बस, छाला जुत्ता कारखानासमेत सरकार र प्रतिपक्षको सहमतिमा सबै चिजहरु बेचेर खाए । प्रतिपक्षको सहमति बिना सरकारले त्यति बेला एउटा माखा समेत मार्न सक्दैनथ्यो । 
त्यति बेलाका पूर्खाले गोर्खादेखि लडाइ गर्दै ल्याएको र एकिकरण गर्दाको  हतियार पनि बेचेर खाए । बहादुर शाह, राज्य लक्ष्मी शाह, माथबर सिंह थापा, भक्ति थापा, बलभद्र कुवँरलगायत बिभिन्न व्यक्तिहरुले पूर्वमा टिस्टा, पश्चिममा काँगडासम्म लडेका त्यस बेलादेखिको आजसम्मको आर्र्मीको पुराना महत्वपूर्ण हतियारहरु सरकार र प्रतिपक्ष मिलेर कौंडिको भाउमा विदेशीलाई बेचे । अमेरिकामा एनटिक सामान अक्सनमा एउटै हतियार करोडौं करोडमा बेचेको खबर पत्रपत्रिकामा आएको थियो । बिदेशमा पुराना ऐतिहासिक दरवार ऐतिहासिक किल्लाहरु यूद्धमा प्रयोग भएका  पानी जहाज, फाइटर प्लेन, लडाइका बेलामा यूज भएका सामान, हतियारहरु, म्यूजियममा सजाएर देश चलाउने धन आर्जन गर्दछन् । हाम्रा ऐतिहासिक राजाको दरबारहरुलाई म्युजियम बनायो भने देश सम्पन्न होला र सम्बृद्धि होला भनेर दरबार भित्र परराष्ट्र मन्त्रालय, शहिद पार्क बनाएर झन्झन् ऐतिहासिक ठाउँलाई बिगार्ने काम गरेका छन् ।
प्रधानमन्त्री भिमसेन थापाले बनाएको सुन्धारा वरीपरी ठुल ब्यापारी महलहरु बनाउन स्वीकृत दिएकोले ऐतिहासिक सुन्धाराको पानी सुकेको छ । धरहरा पसलहरु राख्नाले त्यहाँको वातावरण पनि बिग्रिएको छ भने पूर्वजले राखेका जमीन नेपाल भरिका जनताले कुनै राजनीति भेला होस् या शासन परिवर्तनका लागि हुने जनबिद्रोह होस् या ठूला—ठूला आमसभा होस् सबै किसिमको गतिविधि र क्रियाकलाप यही ठाउँमा हुनेगथ्र्यो । कठमाडौंका जनतामा आपतबिपद पर्दा वा दैबिक प्रकोप पर्दाको लागि भनेर राखेको टुडिखेल आजको दिनमा दशरथ रंगशाला बनाउने, आर्मीले ब्यापारीक पार्टी प्यालेस बनाउने, बस पार्क बनाउने, ब्यापारी टहरा बनाउने, सानो बसपार्क भएको खाली ठाउँमा ब्यापारिक भ्यूटावर बनाउने गरिएको छ । यत्रो घना वस्ती भएको काठमाडौंमा दैबिक प्रकोप आइप¥यो भने पूर्वजले राखेको खाली जमिन त्यहाँका जनताले प्रयोग गरुन भनेर छोडेको खाली टुडिखेल आज आएर सबै नेताको स्वार्थमा किन यति महत्वको जमिन कुनै स्थानिय नेता जनता कसैले बिरोध नै नगरी छोडिदिए । हाम्रा नेताहरु बिदेशमा सेमिनार, गोष्टिमा गएका बेलामा त्यस ठाउँको म्यूजियम, ब्यापारी क्षेत्र, पार्क, बाटो केही नहेरेर राजदूतकोमा वा भातृ संगठनका साथीभाइकोमा वसेर देशको भत्ता खाएरकेही नहेरी आउँछन् कि के हो ?
त्यसो हो भने विदेश जाने नेताले एकपटक  भत्ता लिएर एकचोटि भक्तपुर अवलोकन गर्नु जरुरी देख्दछु । बिदेशमा बिना पैसा केही हेर्न पाइदैन । त्यसलाई अवलोकन गरेर भक्तपुरको नेताले आफ्नो एतिहासिक नगरिमा भएका ५५ झ्याले दरवार, बिभिन्न मठमन्दिर, सालिकहरु, कलासंकृतिको संरक्षण गरेको हँुदा भक्तपुर भित्र छिर्नको लागि सवैभन्दा पहिले सार्क देशलाई अलग, यूरोपका देश, अमेरिका र अन्य देशलाई एकै रकम लिएर राम्रो कामको सुरुवात गरेका छन् । बिदेशमा उठाउने रकमभन्दा सारै निम्न रकम १५ डलर भक्तपुरले उठाएको देखिन्छ । यो बिश्व बजार हेर्ने हो भने सारै न्यून रकम उठाएको हो । यसले गर्दा बि.सं. २०७२ साल बैशाख १२ गतेको विनासकारी महाभुकम्पले क्षतविक्षत भएको मठमन्दिरहरु समयमै आफ्नो श्रोत साधनले र केही अन्य सहयोगले समयमै मर्मत सम्हार भएको पाइन्छ ।                                                     मैले यो भन्नुको पछाडि जुन आजको सरकारले जे काम गरेको छ जानेर हो या नजानेर देशको हिरा फोरी रहेको छ । जस्तै माथि उल्लेख राजदरवारको कुरा हो भने हाल रहेको सिंहदरवार भित्र त्यति राम्रो युरोपियन घरहरु र वेलायती सैलिका दरवार, त्यति नै राम्रो पुतली बगैंचा, नेपाली शैैलिमा बनेको संसद भवन यसको संरक्षेण मात्र गरेर बाहिर छरिएका राणाका सालिकहरुलाई सिंहदरवारभित्र सजाएर राख्ने र पब्लिक म्यूजियम बनाएर राख्ने हो भने मनग्य आम्दानी हुन्छ र इतिहास पनि जोगिन्छ । त्यस ठाउँमा भएका अफिस, मन्त्रालय, राजदुतावासहरु अन्य महत्वपूर्ण अफिसहरुलाई काभ्रेको पाँचखालमा भारतको नयाँ दिल्ली भनेजस्तै नयाँ काठमाडौं बनाउन पर्ने अति आवश्यक भइसकेको छ । इतिहासमा सूनौलो अक्षरले नाम लेख्ने हो भने एतिबेला नयाँ काठमाडौं बनाउन र पुराना संरचनालाई जोगाएर राख्नु नै बुद्विमानि हुन्छ । पुरानो संरचना भत्काउनु भनेको पछि आफ्नो कृति पनि मेटाउनु हो । आजसम्म धेरै चोटि शासन व्यवस्था परिवर्तन भयो । पूर्वजले बनाएका सबै चिजहरु एक सय पचास वर्ष नाघेका ऐतिहासिक संरचनाहरुलाई सम्पदा सूचिमा राख्ने बेलामा बाँदरको हातमा के भने जस्तो .......? सिंहदरबारभित्र पुतलीबगैंचा अन्य संरचनासमेत भत्काएर ऐतिहासिक महत्व बोकेको ठाउँको महत्व नबुझी गगनचुम्बी भबन बनाउनु कति जायज होला ?
आजको दिनमा पछाडि फर्केर हेर्ने हो भने प्रधानमन्त्री स्वरोजगारको नाममा  कनिका छर्नुभन्दा कृषि सम्बन्धी तालिम दिने ३ हजार फिट भन्दामाथी उत्पादन हुने अ‍ैंषधि मुलक जडिबुटिको बिउ बिजन दिएर काममा लगाउने र अ‍ैंषधि उद्योग खोलेर जनतालाई रोजगारमा लगाउने व्यवस्था गर्दा मुलुकले कोल्टे फेर्न धेरै समय लाग्दैन । अहिलेसम्मको सबैभन्दा बलियो सरकार भनेको यहि हो । नेपालको सम्बृद्धि र बिकास चाहने हो भने यहाँ रहेको प्राकृतिक स्रोत साधनहरुको  भरपूर  सदुपयोग गरेमात्र पनि पुग्दछ । तर, सरकारको दृढ अठोट भने हुनुपर्छ ।
 

सम्बन्धित समाचार