‘राजनीति पेशा होइन, विशुद्ध समाजसेवा हो’

28.5k Shares

नेपाल विद्यार्थी संघबाट खारिएका जुझारु युवा नेता हुन् बिनोद वान्तवा  भोजपुर जिल्लाको दूरदराजमा जन्मिएका वान्तवा नेपाली कांग्रस भोजपुरका पार्टी सभापति हुन्  उनले आसन्न मंसिर गते हुनगइरहेको आमनिर्वाचनमा भोजपुर प्रदेशबाट प्रदेससभा सदस्य पदमा उम्मेदवारी दिएका छन्  उनी गठबन्धनको नेपाली कांग्रेसकोतर्पmको भोजपुर प्रदेशबाट उम्मदेवार बनेका हुन्  वान्तवा राजनीतिलाई पेशा नभई नितान्त समाजसेवा ठान्दछन्  जनताको काममा सधैं दत्तचित्त उनी उदार लोकतन्त्रको अभ्यासका लागि युवाहरुलाई अभ्यस्त बनाउनुपर्नेमा जोड दिन्छन्  सधैं निष्ठाको राजनीतिमा लागेर लोकप्रिय छवि बनाएका वान्तवा निष्ठावान नेता स्पष्ट वक्ताका रुपमा परिचित छन्  आमनिर्वाचनमा केन्द्रित रहेर नेता वान्तवासँग गरिएको संक्षिप्त कुराकानी

अहिले तपाईं भोजपुरमा के गर्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धन दलका जिल्ला नेता, कार्यकर्तासँग चुनावी रणनीति बनाउने प्रचार प्रसारमा लाग्ने तयारीमा जुटिरहेको छु  त्यसपछि गठबन्धनका साथीहरु एकढिक्का भएर चुनाव प्रचारमा लाग्ने छौं  त्यसको लागि भोजपुरवासी नागरिकको घरदैलो कार्यक्रम पुग्नेछौं  त्यसरी उहाँहरुको घरदैलो पुगिरहँदा जनतामा के समस्या , हामीले गर्ने के हो त्यसबारेमा राम्रो पहिचान हुन्छ भन्ने हाम्रो ठम्याइ   त्यसैको लागि हामी अहिले गठबन्धन दलका साथीहरुसँग चुनावी रणनीतिमा बनाइरहेका छौं 

गठबन्धन कत्तिको अनुशासित ढंगले कसिलो होला भन्ने लाग्छ ?

हाम्रो गठबन्धन चुनावी मात्रै होइन सरकारसँग पनि   यो गठबन्धन एकदमै अनुशासित, इमानदार एक ढिक्का भएर लाग्ने छौं भन्नेमा विस्वस्त छु  त्यसमा खुकुलिएका बन्धनहरुलाई फेरि कसेर बन्दिलो बनाउने  , केही टाढिएका साथीहरुलाई पुनःहामीसँग जोड्ने अभियानमा हामी जुटिरहेका छौं  त्यसको लागि के कसरी हुन्छ भनेर हामी छलफल गरिरहेका छौं  त्यसमा सहभागी साथीहरु पनि प्रतिवद्ध हुनुहुन्छ  त्यसकारण हाम्रो गठबन्धन एकदमै विश्वस्त, अनुशासित, बलियो प्रभावकारी रहन्छ भन्नेमा हामी ढुक्क छौं 

कांग्रेसभित्रै टिकट वितरणको विषयमा असन्तुष्टि , त्यसलाई कसरी मिलाउनुहुन्छ ?

पार्टी राजनीतिमा लागिसकेपछि सबै साथीभाइले चुनाव लड्ने, जित्ने, जनताको सेवा गर्ने महत्वकांक्षा राखिन्छ  त्यसरी लागिसकेपछि चुनावमा सबै साथीहरुले भाग लिनुपर्छ  जब पार्टीका शीर्ष नेताहरुलेरेडी गोभनेपछि हामीहरु सबै दौडिन्छौं  त्यो दौडमा कुनै साथीले समय अगाडिनै लिक छोडेर अन्तिम बिन्दुबाट बाहिरिन्छन्  तर, राजनीतिमा त्यस्तो हुँदैन सबै साथीहरुले अन्तिम बिन्दुसम्म पुग्नुपर्छ  , पार्टीले गरेको निर्णयमा देश, जनता पार्टीको भविष्य जोडिकाले सबै साथीहरु इमानदारपूर्वक लाग्छन् भन्नेमा मैले विश्वास लिएको छु  त्यसमा मैले गर्नुपर्ने पहल कदमीमा साथीहरुलाई मनाउने, सम्झाउने, मसंग भएको कुरा दिने, उहाँहरुलाई लागेका कुराहरु पार्टीसँग भन्नेमा कुनै कसर बाँकी राख्ने छैन  केही विषयमा मन अमिलो पारी असन्तुष्ट रहेका साथीहरुलाई पनि भुनावी अभियानमा एक ढिक्का बनाएर जानेछु  त्यसमा कुनै दुईमत छैन 

धेरै वर्षदेखि गुम्दै आएको भोजपुर कांग्रेसको शाख यसपालि स्थापित गर्न सक्नुहुन्छ ?

त्यसको लागि सबै साथीहरु एकजुट भएर लाग्नुहुन्छ भन्नेमा विश्वस्त छु  यो चुनाव मैले होइन नेपाली कांग्रेसले जित्ने हो  कांग्रेस पार्टीले एकजुट भएर निर्वाचित गरेपछि मात्रै माननीय हुने हो  माननीय निर्वाचित भइसकेपछि यहाँका सम्पूर्ण जनताको लागि विकास निर्माणको काम गर्ने हो  जनताका आवश्यकता परिपूर्ति गर्न लागिपर्ने हो  यहाँका नेता, कार्यकता, अग्रज जनताले चाहेको लगाएको काम गर्ने हो  मलाई आफू सांसद, मन्त्री हुनेभन्दा पनि भूगोलको आवश्यकता जनताको चाहना अनुसार काम गर्ने रहर   त्यसैले यहाँका नेता, कार्यकर्तालगायत गठबन्धनका सम्पूर्ण साथीहरुले निर्वाचित गराउनुहुन्छ भन्नेमा ढुक्क छु  यो चुनावमा गठबन्धनका हाम्रो टिम एकदमै विश्वास भरोसामा दरिलो  

कांग्रेसले टिकट दिने गरी पार्टीमा के योगदान गर्नुभएको ?

नेपाल विद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनीतिमा आएको हँु  मैले २०४४÷४५ सालदेखि नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमितिमा रहेर काम गर्दै आएको हुँ  त्यतिबेला पार्टी प्रतिबन्धित अवस्थामा थियो  त्यहींबेलादेखि सक्रिय विद्यार्थी राजनीतिमा रहेर काम गरिसकेको छु  विद्यार्थी राजनीतिमा नेविसंघको जिल्ला कार्यसमितिबाट केन्द्रीय सदस्यहुँदै केन्द्रीय कोषाध्यक्षसम्म भएर भूमिका निर्वाह गरेको छु  त्यसपछि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेको हुँ  पार्टी राजनीतिमा आइसकेपछि मैले आफ्नो जन्मथलो भोजपुरको भूगोलमा रहेर काम गर्दै आएको छु  त्यहीं कामको मूल्यांकन गरेर कांग्रेसका नेता, कार्यकर्ताले मलाई जिल्ला सभापतिमा निर्वाचित गराउनुभएको हो  अहिले उहाँहरुको जोडबल पार्टी संगठनमा मेरो कामको मूल्यांकन गरेर नेपाली कांग्रेसले मलाई भोजपुरको प्रदेशबाट प्रतिनिधिसभा सदस्यको टिकट दिएर पठाएको हो 

भोजपुर प्रदेशका जनताले तपाईंलाई नै भोट दिएर निर्वाचित गराउनुपर्ने कारण के ?

पहिलो नेपाली कांग्रेस पुरानो ठूलो प्रजातान्त्रिक पार्टी हो  सैद्धान्तिक रुपमा कुरा गर्दा पनि नेपालको प्रजातान्त्रिक पार्टी कांग्रेस नै हो  देशलाई अग्रगामी परिवर्तनको बाटोतिर डो¥याउने पनि कांग्रेस नै हो  जहिले पनि देशलाई अप्ठ्यारो पर्दा सधैं कांग्रेसले नेतृत्व गर्ने गरेको  

सम्बन्धित समाचार