पुनः मतदान नभए परिणाम स्वीकार गर्दिनँः झलनाथ खनाल

1.5k Shares

काठमाडौं, ११ मंसिर नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं इलाम का उम्मेदवार झलनाथ खनालले पुनः मतदान नभए परिणाम स्वीकार नगर्ने बताएका छन्

इलाम को मतगणनामा हामी सहभागी छैनौं मुचुल्का एउटा , मत अर्को कहीं बढी मत , कहीं कम मत मुचुल्काभन्दा बढी २६६ मत कसरी आउँछ ? कति मतपत्र गायब छन् जनताले दिएकोभन्दा अर्कै मत कसले घुसायो ? निर्वाचन धाँधलीपूर्ण भएको यसले निर्वाचन आयोगको प्रतिष्ठामा गिरावट आएको लोकतन्त्रलाई कमजोर बनाएको यसलाई बदर गरेर पुनः मतदान नभए परिणाम स्वीकार्न सकिँदैन, नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने

उनले निर्वाचन आयोग जोरजबर्जस्तीमा लागेको आरोप पनि लगाए खनालले थपे, हारजित सामान्य हो तर निर्वाचन स्वच्छ पारदर्शी हुनुपर्छ यस्तो धाँधलीपूर्णको निर्वाचनको अर्थ छैन निर्वाचन आयोगले जबर्जस्ती गर्न खोजेको यो मत बह्माजीले आएर हालिदिए कि महादेवले आएर हालिदिए ? निर्वाचन आयोगसँग कुनै जवाफ छैन

महेश बस्नेतले जिते भने दिनुहुन्छ कि दिनुहुन्न भन्ने पत्रकार धमलाको प्रश्नमा खनालले भने, अब १२ हजार मत गन्न बाँकी मेरो पक्षमा आओस् वा महेश बस्नेतको पक्षमा आओस् तर अनियमितता, धाँधलीका विरुद्ध मेरो आवाज हो मतगणनाको त्रुटिपूर्ण कुरा उठाइरहेको छु यस्तो देख्दादेख्दै गलत कुरा कसरी स्वीकार्ने ? यो कसरी जनमत हुन्छ ? स्वीकार गर्दिनँ

गठबन्धन गर्दा एकीकृत समाजवादीलाई घाटा लागेको हो भन्ने अर्को प्रश्नमा खनालले भने, निर्वाचनको सबै परिणाम आइसकेको छैन तर गठबन्धनमा

सम्बन्धित समाचार