पथलैया । अहिले बाराका विभिन्न नाकाहरूबाट खुलेयाम तस्करी भैरहेको छ । निर्वाचन सम्पन्न भएर मतगणना हुदा सबैको ध्यान त्यसतर्फ केन्द्रित भएको माैका पारेर बाराका नाकाहरूबाट तस्करीको लाइन शुरू भएको हो । सशस्त्र प्रहरीको बारा स्थित गणका एसपी राजेन्द्र थापाले आफ्नो आर्थिक काराेबार र संकलनका लागि सई हाेम बहादुर खत्रीलाई परिचालन गरेका छन् । निर्वाचनको एक महिना अघि देखि एसपी थापाले सई खत्रीलाई घुमुवाकाे रूपमा परिचालन गरेका हुन । घुमुवा सई खत्रीले नै तस्करीको सेटिङ मिलाउने र तस्करहरूसंग रकम उठाउने काम गर्दै आएको सशस्त्र प्रहरीको बरैनिया बिअाेपीका एक जुनियर प्रहरी अधिकृतले बताए । उनका अनुसार अहिले एसपी थापाको सबै काम यिनै सई खत्रीले गर्दै आइरहेका छन् । गणमा कार्यरत खत्री थरका डिएसपीकाे सिफारिसमा एसपी थापाले सई हाेम बहादुर खत्रीलाई घुमुवा राखेर परिचालन गरेका हुन ।
अहिले बरैनियाबाट सराेज यादव , राजकुमार गाेलागन्जबाट दीपक साह , भाेला साह कवहीगाेठबाट साेहन , दिनेश पिपरपातीबाट शत्रुधन , जुमानु मटिअर्वाबाट बिनाेद , धनेलाल , रामअयाेध्या झिट्कैयाबाट मुक्ति यादव र तेलकुवाबाट तैयव , सेठ ले तस्करीको लाइन पाएका छन् । लाइन एसपी थापाको आदेशमा चलेको र मातहतका बिआेपी एवं बेशका प्रमुखहरूले मासिक रकम एसपीलाई बुझाउनुपर्ने हुन्छ भने एसपी थापाका घुमुवा सई खत्रीलाई तस्करहरूले छुट्टै रकम दिनुपर्ने बाध्यता रहेको व्यापारी भाेलाले सार्वजनिक गरेका छन् । सशस्त्रका आइजिपी राजु अर्यालले यस बिषयमा छानबिन गर्नुपर्ने आवाज यहाँ उठ्ने गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्