नास्टले युवा वैज्ञानिकलाई खुलायाे १२ लाखको टेण्डर

काठमाडौं ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले युवा वैज्ञानिकहरुका लागि १२ लाखको टेण्डर आव्हान गरेको छ । आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी नास्टले युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोगका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो । 

नास्टले सार्वजनिक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७९-०८० देखि सञ्चालित युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधि सम्बन्धी नतिजामुखी अनुसन्धान, नयाँ प्रविधि विकास वा सुधारिएको प्रविधि विकास गर्न प्रस्ताव पेस गर्न भनेको हो ।