‘रोग लाग्नुभन्दा पहिला रोकथाम कसरी गर्न सकिन्छ भन्ने तिर लाग्नुपर्छ’

29.3k Shares

डा. निलेश मिश्र, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ, सुमेरु अस्पताल, धापाखेल

अर्थोपेडिक भन्नाले के बुझिन्छ ?

अर्थोपेडिक भन्नाले हार्डजोर्नी तथा नशासम्बन्धी विशेषज्ञतालाई नै अर्थोपेडिक भनिन्छ 

पछिल्लो समय सामान्य दुर्घटना हुँदा पनि हड्डी भाँचिने, चर्किने जस्ता घटनाहरु हुने गरेको , के कारणले यस्तो हुन्छ ?

पछिल्लो समय सामान्य दुर्घटना हुँदा पनि हड्डी भाँच्चिने, चर्किनेजस्ता घटनाहरु पछिल्लो समयको हामीले अप्नाउने जिवनशैली नै मुख्य कारण हो  हाम्रो जीवनशैली पूरै परिवर्तन भएको   पहिला मानिसहरुले दैनिक जीवनयापनको लागि परिश्रम नै गर्नुपर्ने अवस्था थियो  एउटा सामान्य चिज खरिद गर्न पनि हिँडेर जानुपर्ने अवस्था थियो, खेतबारीमा पनि दैनिक कार्य गर्नुपर्ने अवस्था थियो  यस्तो अवस्था कुनै कुनै हिसावले मानिसको एक्सरसाइज भएको पाइन्थ्यो  तर अहिलेको जीवनशैली भनेको विलासिताको जिवनशैली अप्नाउन थालिएको   अहिले प्रायः सामान्य मानिसको घरमा मोटरसाइकल , तरकारी खरिद गर्न जाँदा पनि मोटरसाइकल प्रयोग गर्ने, शरीरलाई चलायमान बनाउने कुनै पनि कार्य नगर्ने, अझ पहिला सामान्य काममा पनि साइकल चढेर जाने चलन थियो  साइकल चढ्नु भनेको एकदमै राम्रो हो  साइकल चढ्दा राम्रो एक्सरसाइज हुन्छ तर हामीहरुले पछिल्लो समय गाउँमा पनि साइकल चढ्न छाडिसकेका छौं  शहरको कुरै छाडौं सामान्य तरकारी किन्न जाँदा पनि मोटरसाइकल, गाडी लिएर जाने गर्छौं, यस्तै गतिविधिकै कारण हामीहरु धेरै हिँड्न सकेनौं, हाम्रो शरीरलाई चाहिने चलायमान नै गर्न सकेनौं, यस्तो अवस्थामा शरीरलाई चाहिने एक्सरसाइज भएन, एक्सरसाइज नभएपछि हाम्रो शरीरको बडीलाई जति बलियो (स्ट्रङ) बनाउन चहिने शक्ति नै कम हुँदै गयो  एक्सरसाइजले शरीरको मसल्सलाई बलियो बनाउन मद्दत गर्नुका साथै हाम्रो हड्डीको जोर्नीलाई मेन्टेन्ट गर्न पनि एक्सरसाइजको महत्वपूर्ण भूमिका रहन्छ  हाम्रो हड्डीलाई सन्तुलनमा ल्याउन कि हिँड्डुल गर्नुपर्छ कि भने एक्सरसाइज नै गर्नुपर्छ, होइन भने हाम्रो हड्डीको सन्तुलन ठिक नभई हड्डी खिइनेजस्ता समस्याहरु आउन सक्छ  एक्सरसाइज नगर्ने, हिँडडुल पनि त्यति नगर्ने हो भने सामान्य दुर्घटनामा पनि हड्डी भाँचिने, चर्किनेजस्ता समस्याहरु आउन सक्छ  अर्को भनेको खानपिनका कारण पनि हड्डीमा समस्याहरु देखिन सक्छ  विगतको जस्ता अहिलेको खानपिन ठिक छैन, यसले पनि हाम्रो शरीरको हड्डी, मसल्स जति स्ट्रङ हुनुपर्ने हो त्यो नभएको कारणले पनि सामान्य दुर्घटनामा पनि हड्डी भाँचिने, चर्किनेजस्ता समस्याहरु देखिन थालेको   विगतमा अर्गानिक आफैले घरमा उत्पादन गरेको खानेकुराहरु खाने गरिन्थ्यो भने पछिल्लो समयमा आएर प्याकेट, स्वादका लागि विभिन्न औषधीहरु प्रयोग गरेका खानेकुरा, जंक फुडजस्ता खानेकुराहरु बढी प्रयोग भएकोले पनि यस्तो समस्याहरु देखिन थालेको हो  यस्तो खानेकुराले गर्दा तत्काल असर नगरे पनि पछि गएर यसले हड्डी, मांशपेशीलगायतका शरीरका विभिन्न अंगहरुमा असर देखाउन सक्छ 

पहिला हड्डी भाँचिएको अवस्थामा प्लास्टर गरेर ठिक पारिन्थ्यो, तर अहिले पाता नै राख्नुपर्छ भन्ने गरेको पाइन्छ नि ?

हड्डी भाँचिएको अवस्थामा प्लास्टर भन्दा पाता राखेर उपचार गर्दा प्रभावकारी पछिसम्म पनि सामान्य जीवनयापनमा समस्या आउँदैन  हड्डी भाँचिएको अवस्थामा प्लास्टर गरेर उपचार गर्दा समस्या आउन सक्छ, हड्डीको ब्यालेन्स नमिल्दा पछि यसले दुःख दिन पनि सक्छ  तर, पाता राखेर उपचार गर्दा हड्डीलाई व्यालेन्समा राख्छ पछि यसले दुःख दिने सम्भावना कम हुन्छ  प्रविधि भनेको नयाँनयाँ आउने गर्छ, पहिलो हड्डी भाँचिएको अवस्थामा काम्रोले बाँधेर, प्लास्टर गरेर उपचार गरिन्थ्यो भने पछिल्लो समय पाता राखेर उपचार गर्दा प्रभावकारी देखियो  पहिले काम्रो प्लास्टर विधिबाट उपचार गर्दा हड्डी जोडिन धेरै समय लाग्ने गथ्यो भने अप्रेशन गरेर पाता राखेर उपचार गर्दा विरामी चाँडो ठिक हुने भयो यो प्रभावकारी पनि भयो  यो भनेको प्रविधिको विकासअनुसार उपचार विधिहरु अप्नाउन सकिन्छ  जुन प्रविधिबाट उपचार गर्दा बढीभन्दा बढी लादायक बिरामी चाँडो ठिक हुन्छ त्यही विधि अप्नाउन सकिन्छ  अप्रेशन गरी पाता राखेर हड्डी जोड्ने काम भन्दा पनि प्रभावकारी अर्को प्रविधिबाट उपचार विधि आएको खण्डमा फेरि त्यही विधि अप्नाउन सकिन्छ  यो भनेको साइन्सले जति विकास गर्दै जान्छ त्यही अनुसार हुने कुरा हो 

हड्डी खिइने भनेको के हो ?

हाम्रो शरीरमा भएको दुईवटा हड्डी जोडिने ठाउँलाई जोर्नी भनिन्छ  यही जोर्नीबाट हाम्रो हातखुट्टा शरीर चल्ने गर्छ  हाम्रो हातखुट्टा शरीर चल्न सहज बनाउनको लागि जोर्नीमा घर्षन पैदा हुन नदिन जोर्नीमा चिल्लो पदार्थ हुन्छ सँगसँगै जोर्नीको अन्य भागमा चिप्लो कुर्कुरे हड्डी पनि हुन्छ जसलाई कार्टिलेज भनिन्छ  उमेर बढ्दै गएपछि चिल्लो तरल पदार्थको मात्रा कम हुँदै जाने कार्टिलेजमा पनि क्षय हुँदै जान्छ  यही कार्टिलेजमा हुने क्षयलाई नै जोर्नी खिइएको वा हड्डी खिइएको भनेर जनमानसमा बुझाई   वास्तवमा उमेर बढ्दै जाँदा हाम्रो शरीरको जोर्नीमा जुन चिल्लो पदार्थ हुन्छ त्यो विस्तारै क्षय हुँदै जान्छ त्यसपछि चिल्लो पदार्थ नहुँदा हड्डीबीच घर्षण गर्दा चिल्लो पदार्थको अभावका कारण हड्डीबीच घर्षण हुन्छ त्यसपछि हड्डी खिइने क्रम बढ्दै जाने हुन्छ  यो भनेको उमेर विस्तारै बढ्दै जाँदा यो पनि बढ्दै जान सक्छ 

कुन उमेरका मानिसमा हड्डी खिइने समस्या आउँछ ?

हड्डी खिइनु भनेको प्रकृतिक नियम नै भन्छु , प्रकृतिको नियम अनुसार हामीले जस्तो उपाय अप्नाए पनि त्यो भएर छाड्छ  विशेष गरी महिलाहरुमा ३५ देखि माथिको उमेरकाहरुमा यस्तो समस्या देखिन्छ भने पुरुषहरुमा भने ४५ देखि माथिकाहरुमा यस्तो समस्या आउने गर्छ  हाम्रो शरीरले नियमित हर्मोनहरु उत्पादन गर्ने गर्छ, त्यो भनेको वयस्क हुँदा राम्रोसँग

सम्बन्धित समाचार