डा रुइतलाई १३ करोड नेपाली रुपैयाँको पुरस्कारद्वारा सम्मानित गरिने

काठमाडौं । म्यागासेसे पुरस्कार विजेता वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले १० लाख डलर अर्थात लगभग १३ करोड नेपाली रुपैयाँको पुरस्कार पाउने भएका छन् । ’इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले मंगलबार डा रुइतलाई उक्त अवार्ड प्रदान गर्न लागिएको घोषणा गरेको हो।

एसियाको नोबेल मानिने म्यागासेसे पुरुस्कार पाएका विश्वविख्यात आँखा सर्जन डा रूइतलाई बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको पुरस्कार दिन लागिएको हो । मानव कल्याणको क्षेत्रमा सक्रिय व्यक्ति तथा संस्थालाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो पुरस्कार २०१३ देखि दिन थालिएको थियो ।

डा रुइतले यसअघि भारतको प्रतिष्ठित पद्यश्री सम्मान, थाइल्याण्डको सबैभन्दा सम्मानित प्रिन्स महिदुल अवार्ड, अल्वर्ट आइन्स्टाइन फाउण्डेसनले प्रदान गर्ने ग्लोबल भिजनरी अवार्ड, वल्ड्र इकोनोमिक फोरमले दिने सोसल इन्टरपिनरसीप अवार्ड, भुटानको नेशनल अवार्डलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाइसकेका छन् ।

विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा हिमाली दुर्गम गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको रुपमा सन् २०१८ मा उनको जीवनीसमेत प्रकाशित छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्