प्रदेशस्तरीय भलिबल खेलको उपाधि चितवनलाई

रामेछाप/रामेछापको मन्थलीमा सम्पन्न बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ । 

आज भएको फाइनल खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले रामेछापलाई पहिलो र दोस्रो र तेस्रो सेटमा क्रमशः २५–१८, २५–१८ र २५–२३ ले पराजित गरेको हो । 

प्रयोगितामा पहिलो हुने चितवन नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले रू दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । दोस्रो भएको रामेछापले रू एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने तेस्रो भएको सिन्धुपाल्चोकले रू ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै चौथो स्थानको धादिङले रू ३० हजार नगदप्राप्त गरेको छ ।  


तपाइको प्रतिक्रिया दिनुहोस्