बसभित्र तास खेलिरहेका चार जुवाडे पक्राउ

काठमाडौँ/भक्तपुरमा बसभित्र तास खेलिरहेका चार जना पक्राउ परेका छन् ।

मध्यपुर थिमी नगरपालिका वडा नं १ लोकन्थली सिद्धार्थ पेट्रोल पम्प पछाडि पार्किङ गरिराखेको सैलुगेश्वरीदेखि काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेको उनीहरुलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीका अनुसार उनीहरुको साथबाट ७१ हजार नगद र एक बुक तास बरामद गरिएको हो । उनीहरुलाई अहिले नियन्त्रणमा लिई परिसरमा ल्याउने काम भइरहेको उनले बताए । 


तपाइको प्रतिक्रिया दिनुहोस्