पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी बने एमबाप्पे

1.3k Shares

काठमाडौं/शानदार जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा एमबाप्पे जम्किँदा पाएस डी कासेलमाथि ७–० गोल अन्तरले विजयी हुँदै पीएसजी अन्तिम १६ मा पुगेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पेले एक्लै ५ गोल गरे । खेलको २९, ३४ र ४० औं मिनेटमा ह्याट्रिक पूरा गरेका एमबाप्पेले ५६ र ७९ औं मिनेटमा थप दुई गोल गरेका हुन् ।

पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडीको रुपमा एमबाप्पेले नामसमेत लेखाएका छन् ।;अन्य दुई गोल नेयमार र सोलेरले गरेका थिए । 

सम्बन्धित समाचार