खिचडी सरकारको फाइदा उठाउँदै सुन तस्कर, ६५ किलो सुन कहाँ गयो ? आरोपित फरार

काठमाडौं । खिचडी सरकारको फाइदा उठाउँदै पछिल्लो समय नेपालमा सुन तस्करीहरुको सञ्जाल फैलिँदै गएको छ । 

राज्यको तल्लो तहदेखि माथिल्लो तहसम्ममा सुन तस्करीमा लाग्न थालेको तथ्य फेला परेको छ । सामान्य व्यापारिदेखि माथिल्लो पदका सुरक्षाकर्मीहरुको मिलोमतोमा समेत सुन तस्करी हुने गरेको छ । हालसालै एउटा समूहले करोडौ मुल्य बराबरको सुन गायव गरी फरार रहेको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिकाका ४ जना र दोलाखको विगु गाउँपालिकाका १ जना करोडौं मुल्यको सुनसँगै फरार भएको विशेष स्रोतले जनाएको छ ।

स्रोतका अनुसार रसुवा नाकाबाट अबैध रुपमा एक पटक भित्रिएको ६५ किलो र पटक–पटक भित्रएको गरी अर्बौं रुपैयाँको सुनसहित दावा शेर्पा, मिङमार शेर्पा (धाप्से), पेम्बा शेर्पा, फूङिमा शेर्पा र सुब्बा लामा फरार भएको स्रोतले दाबी गरेको छ । सुन गाएव भएको हल्ला चलेसँगै इलाका प्रहरी कार्यलय बाह्रविसे सिन्धुपाल्चोकका प्रहरीले आरोपीहरुको खोजी कार्य तिब्र पारिरहेको पनि दाबी स्रोतले गरेको छ । प्रहरीद्वारा खोजी कार्य सुरु भएको चाल पाएपछि सुन तस्करीमा संलग्नहरु फरार भएको स्रोतले जनाएको छ । स्थानियका भनाई अनुसार अहिले उनिहरु भारतमा लुकेर बसेका छन् । रसुवा नाकाबाट एक पटक ६५ किलो र अन्य विभिन्न समयमा पटक—पटक गरी अरबौं रुपैयाँको सुन अबैध रुपमा भित्रिएको स्रोतको दाबी छ । 

फरार रहेका आरोपीहरु सुन ओसार पसार गर्ने व्यक्तिहरु भएको खुलेको छ । सुन लुटियो भनेर हल्ला फैलाएर उनिहरु बेपत्ता भएको स्रोतको दाबी छ । अहिले सिन्धुपाल्चोकको भोटेकोशी गाउँ पालिकामा सुनको विषयले ब्यापक चर्चा पाइरहेको छ । त्यो सुन कसको हो ? कता तस्करी भइरहेको थियो भन्ने रहस्य गर्भमै रहेको छ । तर तस्करी प्रकरणमा मुछिएका आरोपीहरु भने फरार छन् । पछिल्लो समयमा छिमेकी मुलुक चिनको नाका रसुवा र तातोपानी हुँदै सुन तस्करी ब्यापाक रुपमा मौलाएको स्रोतले जनाएको छ । कतिपय यस्ता घटनामा सुन तस्करी भयो भनेर हल्ला हुने र सुन फेला नपर्ने समेत देखिएको छ । 

पाँच वर्ष अघि चर्चित ३३ किलो सुनका विषयमा थुप्रै व्यक्तिहरु मुछिएका थिए । कोहीलाई मारिएको थियो भने कोही अहिलेसम्म जेलमा छन् भने कोही छुटिसकेका छन् । तर सो सुन कहाँ र कुन अवस्था छ भन्ने अलिहेसम्म पत्तो छैन । 

ठीक यसैगरी यसपटक पनि करोडौं मुल्य बराबरको सुन बेपत्ता पारिएको स्रोतको दाबी छ । जानकारहरूका अनुसार एक महिना यता चिनियाँ सुन नेपालको उत्तरी नाकाबाट अवैध रूपमा प्रशस्त भित्र्याउँदै आइरहेको स्रोतले दाबी गरेको छ । उक्त सुन भारततर्फ अवैध मार्गबाटै गइरहेको पनि स्रोतले दाबी गरेको छ । नेपालमा भन्दा भारतमा सुनको मूल्य महँगो भएकाले र चिनियाँ सुन अझ सस्तो परेकाले यसको अनधिकृत कारोबार फस्टाएको हो । नेपालमा सस्तो चिनियाँ सुन अनधिकृत रूपमा प्रशस्त भित्रिएकाले यहाँका बैंकबाट व्यवसायीले सुन उठाएका छैनन् । व्यवसायीले गत पौष महिनाबाटै सुन उठाउन छाडेका हुन् उनीहरुले औपचारिक आग्रह गरेर सुन आयात नगर्न बैंकलाई आग्रह समेत गरेका छन् । माघ लागि सक्दा पनि बैंकबाट सुन उठेको छैन । स्रोतका अनुसार तस्करीको बाटोबाट एक किलो सुन भारत छिराउँदा ११.३ प्रतिशत कर सोझै बचत हुन्छ । किलोमा ४ लाखसम्म फाइदा निस्कने भएपछि यसमा संगठित गिरोह नै सक्रिय भएका हुन् पछिल्लो समय हल्ला पैmलिएको सुन कहाँ गयो ? कसको हो संकास्पद व्यक्ति किन फरार भए भन्ने विषयमा शुक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।



तपाइको प्रतिक्रिया दिनुहोस्

बिज्ञापन