नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा दुई अर्ब माथि

काठमाडौं/साबिकको नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जर भएर बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (NIMB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २८.४४ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकले ३ खर्ब ५५ अर्ब २२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १७ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ भने ४ अर्ब १८ करोड ६३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

यस्तै बैंकको सञ्चालन मुनाफा पनि २३.८९ प्रतिशतले बढेर २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ६० करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा २३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

यस्तै बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा, प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात १६.०८ गुणा रहेको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्

बिज्ञापन