देशका लागि बलिदानी दिने शहिदको सपनामाथि बेवास्ता हुन थालेको छ । शहिद दिवसलाई हल्का रुपमा लिनेसम्मको गतिविधि बढ्न थालेको छ । राणा शासनको अन्त गरी प्रजातन्त्र स्थापनाका लागि प्राणको आहुति दिने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्द सहित ज्ञात अज्ञात शहीदहरुलाई राज्यले एकदिन भएपनि स्मरण हुनेमा पछिल्लो समय बेवास्तामा पर्न थालेको हो । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले विसं १९९७ माघ ६ गते शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय लिएका थिए । शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुन्ड्याएर, धर्मभक्त माथेमालाई सिफल उकालो रूखमा झुन्ड्याएर र दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनतासम्म पु¥याउने क्रममा अमरत्व प्राप्त गर्ने शहीदको सम्झनामा काठमाडौं महानगरपालिकाले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह कार्यक्रम गर्दै आएको छ ।
मुलुकमा व्यवस्था त परिवर्तन भयो तर पात्र र प्रवृत्ति परिवर्तन भएन । जनतामा असन्तुष्टि व्याप्त छ । शहीदको बलिदानलाई शासकहरुले बुझ्न चाहेनन् । शासकहरुले शहीदको गुणहरु नभई राणा शासककै शैलीलाई बढी अनुशरण गरिरहेको विषय उठ्ने गर्छ । हरेक बहानामा विदा दिन कन्जुस्याई नगर्ने नेताहरु देश र जनताको लागि बलिदान दिने महान शहीदहरुलाई सम्मान गर्न चाहेनन् । बिदा कटौतीलाई नेताहरुको शहीदको योगदान बिर्साउने कदमका रुपमा पनि बुझ्न थालिएको छ । नेताहरु बलिदानीको अबमूल्यन गर्न थालेको देखिँदैछ ।
अहिले देशको अवस्था अत्यन्तै भयाबह बन्दै गइरहेको । देशमा केही टाठाबाठाले मात्र शक्ति केन्द्रित गरी लाभ लिइरहेका छन् । बोलीमा समाजवाद भन्दै