तीस लाखको बक्यौता कारवाहीमा पर्ने डरले तु भुक्तानी

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारी मुख्यालय सरुवा भई जाने क्रममा विभिन्न शीर्षकमा भुक्तानी गर्नुपर्ने रकमको फाँटवारी लेखापाल आरके दाहालले पेश गरे ।
फाँटवारीमा इन्धन, मर्मत, फर्निचर, विविध लगायतका शीर्षकमा झण्डै ३० लाख रूपैयाँ तिर्नुपर्ने बक्यौताको फाँटवारी लेखापालले पेश गरे । बीच बीचमा मुख्यालयको बजेट शाखामार्फत् रकम पनि गइरहेको अवस्थामा यति ठूलो रकम कसरी बक्यौता रहन गयो भन्ने प्रश्न उठ्नु स्वाभाविकै थियो । लेखापालले फाँटवारी पेश गरे, एसपी अधिकारीले तिर्न बक्यौता रहेको हस्ताक्षर पनि गरे । त्यसैअनुसारको बोधार्थ मुख्यालयको आर्थिक प्रशासन महाशाखा, आलेप र बजेटमा समेत दियो । बारम्बार रकम जाँदासमेत यति ठूलो रकम कसरी बक्यौता रह्यो भन्ने प्रश्न मुख्यालयमा उठ्यो । यस कुरालाई वर्तमान आइजिपी समेत रहेका शैलेस थापा क्षेत्री जो एआइजी हुँदा प्रशासन तथा मानव स्रोत विभागको प्रमुख थिए, उनले यो विषयमा अनुसन्धान गर्नकै लागि अनुगमन टोली पठाए । नयाँ एसपीका रूपमा आएका सन्तोष खड्काले पनि हाजिर भएपछि उक्त ३० लाख रूपैयाँ बक्यौता रहेको भनी मुख्यालयमा पत्राचार गरे । अनुगमन टोलीले अनुसन्धान गर्दा लेखापाल आरके दाहाल मात्र होइन तत्कालीन एसपी विश्व अधिकारीसमेत छानविनको क्रममा पर्ने मात्रै होइन कारवाहीसमेत हुने अवस्था देखिएपछि तत्कालै लेखापाल दाहाल र एसपी अधिकारीबीच के सहमति भयो रातारात उक्त रकम फछ्र्यौट गरियो ।
त्यसपछि हालका एसपी खड्काले समेत बक्यौता नरहेको पत्राचार मुख्यालयलाई गरे । मोरङबाट पहाडी जिल्लाको लेखापाल ताकेका आरके दाहाल यही बक्यौता काण्डकै कारण धरानको पेट्रोलपम्पको लेखापालमा चित्त बुझाउन बाध्य भए । उता, आफूलाई भावी आइजिपी हुँ भन्दै बेलावखत भन्न पछि नपर्ने विश्व अधिकारीको नियतसमेत यो घटनाक्रमले उजागर गरेको छ कि उनी आर्थिक रूपमा पारदर्शी छैनन् भन्ने कुरा । अहिले यहाँ जिप्रका मोरङका अधिकृतहरू यसै भन्ने गर्छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

बिज्ञापन