पुरानो कोनामा ग्राहकले ४० लाख रुपैयाँ मूल्याङ्कन पाउने

1.9k Shares

काठमाडौं/सन् २०१८ बाट नेपालमा विक्री सुरु भएको हुन्डाई कोना अहिले परिवर्तन गर्न चाहने ग्राहकले ४० लाख रुपैयाँ मूल्याङ्कन पाउने भएका छन् । तत्काललाई हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक्सचेन्जमा उक्त मूल्य दिने घोषणा गरेको हो ।

विगत ५ वर्षदेखि नेपालमा विक्री वितरण हुँदै आएको कोना रिकन्डिसन बजारमा एकरदुई यूनिट आउन थालेसँगै कम्पनीले एक्सचेन्ज अफर प्रदान गरेको हो ।

‘हामीले विक्री सुरु गरेको झण्डै ५ वर्ष भएको छ । त्यसलाई परिवर्तन गर्न चाहने ग्राहकलाई ध्यानमा राख्दै हामीले एक्सचेन्ज सुविधा दिएका हौं । पुरानो कोना दिएर नयाँ कोना वा आयोनीक ५ मा अपग्रेड हुन चाहने ग्राहकलाई पुरानो कोनाको न्यूनतम मूल्य ४० लाख राखेका छौं’, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दीपक थपलियाले मेरोअटोसँग भने ।

सन् २०१८ मा पहिलो पटक नेपाल आएको हुन्डाई कोना निकै राम्रो संख्यामा विक्री हुँदै आएको मोडल हो । निरन्तर एउटै रफ्तारमा ग्राहक पाइरहेको कोना क्रसओभर मोडल हो ।

हुन्डाई कोना अहिले पनि निकै राम्रो संख्यामा विक्री हुँदै आएको छ । कम्पनीले आफ्नो सफल इलेक्ट्रीक मोडलमा निकै राम्रो रिसेल भ्यालु आउने गरी बजारमा आएका गाडी किन्ने भएसँगै ईभी प्रयोगकर्ताको कन्फिडेन्ट बढ्ने देखिन्छ ।

सम्बन्धित समाचार