भारतमा एकैदिन ओमिक्रोनका १७ संक्रमित फेला

काठमाडौं । भारतमा थप १७ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । आइतबार एकैदिन उक्त भेरियन्टका १७ संक्रमित थपिएका हुन् ।

राजस्थानमा नौ, महाराष्ट्रमा सात र नयाँ दिल्लीमा ओमिक्रोनका एक संक्रमित फेला परेका हुन् । योसँगै भारतमा हालसम्म २१ जनामा ओमिक्रोन  पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ ।